घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कतिले घट्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

जसअनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य पनि घटेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स