होटलहरुलाई प्लास्टिक शून्य क्षेत्र बनाउँदै

होटल एसोसिएसन नेपाल (हान) ले बुधबार आयोजित कार्यक्रममा सन् २०२४ सम्ममा नेपालका होटलहरुलाई पूर्णतया प्लास्टिकबाट छुटकरा दिने बताएको छ । एकचोटी मात्र प्रयोगमा आउने प्लास्टिक जस्तै कोक, पानी ,स्यम्पुका प्लास्टिकबाट छुटकरा दिने संकल्प गरेको छ ।

अहिलेको विश्वमा जुनसुकै राष्ट्रकोलागी पनि पर्यटनको अतिनै महत्व छ । प्रकृतिलेनै बरदान दिएको हाम्रो देशमा अर्थतन्त्र उकास्नको लागी बरदान बन्न सक्छ । हामीले केही मिनेटमात्र प्रयोग गरिने प्लास्टिकका समाग्री हामीसंग पुस्तौ बसेर असर गरिरहेका हुन्छन् । यस्ता चिजबिजले पर्यटकाई निरउत्साहीत पार्छ । विश्व स्तरमै प्लास्टिकलाई प्रतिबन्ध र ग्रिन टुरीजम सम्बन्धि चेतना फैलीरहेको छ । हानले प्लास्टिक प्रतिबन्धलाई अभियान र अग्रणी कदमको रुपमा लिएको छ ।
सदस्य होटलहरुले मात्र हैन होमस्टे महासंघ र होटल महासंघले पनि यस अभियानलाई साथ दिई अगाडि बढ्ने प्रतिबद्धता जनाएको हानले बताएको छ ।

करिब २० लाख प्लास्टिक ब्यागहरु काठमाडौंमा प्रयोग हुन्छन् भने ६० लाख प्लास्टिक ब्यागहरु देशभर प्रयोगमा आउँछन् । ११ लाख जनाले अप्रत्यक्ष रुपमा पर्यटनबाट रोजगारी पाएका छन् । अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स