‘आइएमई पे’ मोबाईल वालेटको ‘रिफर एन्ड अर्न’ अफर मार्फत २५ रूपैयाँ बोनस

काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी–भाइ माझ सेयर गर्नुपर्छ ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रूपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउने छन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्ने छन् ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स