गुराँस लाइफ इन्स्योरेन्स १५ औं वर्षमा प्रवेश

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको चौधौ वर्ष पूरा गरी पन्ध्रौै वर्षमा प्रवेश गरेको छ ।

वार्षिककोत्सवको अवसरमा इन्स्योरेन्सले १४ वर्ष सम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्धेय बीमितहरु, अभिकर्ता ज्यूहरु, ग्राहक महानुभावहरु, सेयरधनी, नियामक निकायहरु एवं साझेदार संस्थाहरु तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गरेको छ ।

यस अवधिमा कम्पनीले हाँसिल गरेको उन्नती प्रगतीकै फलस्वरुप जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीको रुपामा रहेकोमा गौरवान्वित भएको बताएको छ ।

आगामी दिनमा समेत जीवन बीमाको व्यवसायमा अझ क्रियाशील भै सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बीमितहरुको सर्वोपरि हितका लागि समर्पित रहि रहने प्रण कम्पनीले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स