नागरिक उड्डयन प्राधिकरणमा जारी कर्मचारीको आन्दोलन स्थगित, के राखियो शर्त ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जारी कर्मचारीको आन्दोलन स्थगित भएको छ । मंगलबार राति प्राधिकरण व्यवस्थापन र क्रियाशील कर्मचारी ट्रेड युनियनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

प्राधिकरणलाई टुक्र्याएर दुईवटा संस्था बनाउन सरकारले ल्याएको विधेयकको विरुद्ध प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरूले आन्दोलन गरेका हुन् । साउन २५ गतेदेखि जारी आन्दोलन दुई पक्षको सहमतिमा स्थगित भएको हो ।

सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको छ ।

विद्यमान प्राधिकरण संरचना रुपान्तरणसँग सम्बन्धित विधेयक संघीय संसदमा विचाराधिन रहेको हुँदा सो बारे प्राधिकरणमा कार्यरत कर्मचारीहरूसँग संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गराउने शर्तमा उक्त सहमति भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स