सम्भवत बजेट बुकमा ‘टाइप मिस्केट’ पहिलो पटक, अर्थ सचिवले सच्याए पत्रकार सम्मेलनमा

काठमाडौं । सम्भवत नेपालको बजेटको इतिहासमा पहिलो पटक बजेट बुकमा टाइप मिस्टेक भएको छ अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै मासिक १० करोड रुपैयाँको बिजुली खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत विद्युत महशुलमा छुट दिने उल्लेख गरेका थिए ।

आज बजेट बुकमा भएको मिष्टेकलाई अर्थ सचिव मधुकुमार मरासिनीले सच्याउँदै वाािष सो मूल्यको विद्युत खरिद गर्ने उद्योगदे सो छुट पाउने बताएका हुन् ।

’बजेट टाइप हुँदा वार्षिकको ठाउँमा मासिक भएछ,’ अर्थसचिव मरासिनीले भने । सरकारले स्वदेशी उत्पादन प्रतिस्पर्धी बनाउन यो छुटको व्यवस्था गरेको हो । यसले समुन्नत राष्ट्र निर्माण गर्न सहयोग मिल्ने बताइएको छ ।

देशमा बढी विद्युत खपत गर्ने उद्योगमा सिमेन्ट, डण्डीलगायतका उद्योग पर्दछन् । यस्ता उद्योगलाई प्रोत्साहन गरि देशलाई औद्योगिकरण गरी आत्मनिर्भर राष्ट्र बनाउन यो छुट ल्याइएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स