आज साँझदेखि सवारी लाइसेन्सको अनलाईन आवेदन खुल्ला, यस अघिका सबै रद्द, यसरी दिनुस् आवेदन

काठमाडौं । सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवेदन आज (सोमबार) साँझदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाईन आवेदन प्रणाली सुरु गर्न लागेको हो ।

विभागले सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेका अनलाईन आवेदनहरु रद्द गरेको छ ।

वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ । यस अघि सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि आवेदन दिएकाले फेरि आवेदन दिनु पर्ने भएको छ ।

नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि applydl.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स