ह्विस्की र वियरको अन्तःशुल्क बढ्यो, कुनको कतिले बढ्यो ?

काठमाडौं । सरकारले वियर, इनर्जी ड्रिंक्स, वाइनदेखि ह्विस्कीमा अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७९ मार्फत वियर, ह्विस्कीमा लाग्ने अन्तःशुल्क बढाएको हो ।

जसअनुसार, प्रतिलिटर वियर तथा वाइनमा ३०र३० रुपैयाँले अन्तःशुल्क बढाएर २ सय २८ रुपैयाँ पुर्याएको छ । यसअघि प्रतिलिटर वियर तथा ह्विस्कीमा १ सय ९८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको थियो ।

४८.५ प्रतिशतसम्म अल्कोहल भएको ह्विस्की तथा भोड्कालगायत मदिराको अन्तःशुल्क बढाएर १ हजार ७ सय ५० रुपैयाँ पुर्याएको छ । हिजोसम्म प्रतिलिटर यस्ता मादक पदार्थमा १ हजार ५ सय ९२ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको थियो ।

४२.८ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा लाग्दै आएको १ हजार १ सय ८८ रुपैयाँ अन्तःशुल्क बढेर १ हजार ३ सय ६ रुपैयाँ पुगेको छ भने ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा अन्तःशुल्क १ हजार १ सय ५ रुपैयाँबाट अन्तःशुल्क बढेर १ हजार २ सय १५ रुपैयाँ पुगेको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ अन्तःशुल्क बढेर ६ सय १० रुपैयाँ र २८.५३ प्रतिशतसम्मको हल्कोहलमा ४ सय ५० रुपैयाँ बढेर ४ सय ७२ रुपैयाँ कायम भएको आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स