काठमाडौं । सरकारले आर्थिक अध्यादेश, २०७९ मार्फत वियर, ह्विस्की, आयात प्रतिबन्धलगाएका सवारी साधन तथा मोबाइल, वियर, ह्विस्की, कष्मेटिकलगायतका वस्तुको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिबन्ध लगाएका गाडी र मोटरसाइकलमा अन्तःशुल्क बढाएका छन् ।
सवारी साधनमा यस्तो बढेको अन्तःशुल्क
अर्थमन्त्री शर्माले विद्युतीय सवारी साधनमा ५ प्रतिशतले अन्तःशुल्क बढाएको छ । आर्थिक अध्यादेशले २५ सय सीसीदेखि ३ हजार सीसीसम्मको गाडीमा अन्तः शुल्क बढाएर ९५ प्रतिशत पुर्याएका छन् । उक्त सीसीको सवारी साधनमा यसअघि ९० प्रतिशत अन्तः शुल्क लाग्दै आएको थियो । हिजोबाट उक्त गाडी खरिद गर्दा ९५ प्रतिशत अन्तः शुल्क तिर्नुपर्न हुन्छ ।
३ हजारभन्दा बढी सीसीको गाडीमा भने शतप्रतिशत अन्तःशुल्क बाट १०५ प्रतिशत बनाइएको छ । १५ सय देखि २ हजार सीसीसम्मको गाडीमा अन्तःशुल्क ७० बाट ७५ प्रतिशत पुर्याएको छ । २००० हजार देखि २५ सयसम्मको ८५ प्रतिशतबाट ९० बनाइएको आर्थिक अध्यादेशमा उल्लेख गरिएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने अन्य प्रकारका कारमा पनि अन्तःशुल्क बढाइएको छ । १५०० देखि २००० सीसीसम्मको पेट्रोल कारमा लाग्दै आएको अन्तःशुल्क ७० प्रतिशतबाट ७५ प्रतिशत, २००० देखि २५०० सीसीमा ८० प्रतिशतदेखि ८५ प्रतिशत पुर्याइएको छ ।
२५०० देखि ३००० सीसीसम्ममा ९० प्रतिशतबाट ९५ प्रतिशत र ३००० सीसीभन्दा माथिका पेट्रोल कारमा अन्तशुल्क १०० प्रतिशतबाट १०५ प्रतिशत पुर्याइएको आर्थिक विधेयकमा उल्लेख गरिएको छ । हाइव्रिड कारमा लाग्दै आएको ४० प्रतिशत अन्तशुल्क पनि ४५ प्रतिशत पर्याएको विधेयकमा उल्लेख गरिएको छ ।
मोटरसाइकमा भन्सार महसुल र अन्तःशुल्क दुवै बढ्यो
सरकारले आयात बढदै गएपछि मोटरसाइकल आयातमा समेत कडाइ गरेको छ । २०० सीसी देखि २५० सम्मको नेपालमा एसेम्बल नभएको मोटरसाइकलको अन्तःशुल्क ४० प्रतिशतबाट बढाएर ८० पुर्याएको छ । एसेम्बल मोटरसाइकल २०० देखि २५० सीसीको मोटरसाइकलको अन्तः शुल्क बढाएर ६० प्रतिशतबाट ८० पुर्याइएको छ ।
२०० सीसीदेखि २५० सम्मको भन्सार महसुल ३० प्रतिशतबाट बढाएर ४० बनाइएको छ । २५० सीसीदेखि ५०० सीसीसम्मको मोटरसाइकलमा भन्सार महसुल ३० बाट बढाएर ८० प्रतिशत पुर्याइएको छ । ५०० देखि ८०० सीसीसम्मको मोटर साइकलको भन्सार महसुल ३० प्रतिशतबाट बढाएर ८० पुगेको आर्थिक विधेयकमा उल्लेख गरिएको छ । ८०० भन्दा माथिको मोटरसाइकलको भन्सार महसुल ३० बाट बढाएर ८० प्रतिशत पुगेको छ ।
मोबाइलमा पनि वृद्धि भयो अन्तः शुल्क
सरकारले विधेयक, २०७९ मार्फत् ६०० डलरभन्दा बढी मूल्यको मोबाइलमा २.५ प्रतिशत लाग्दै आएको अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । पछिल्लो समय मोबाइल आयात बढ्दै गए पछि सरकारले मोबाइलको अन्तःशुल्क वृद्धि गरेको हो ।
ह्विस्की र वियरमा अन्तःशुल्क बढ्यो
सरकारले वियर, इनर्जी ड्रिंक्स, वाइनदेखि ह्विस्कीमा अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिलिटर वियर तथा वाइनमा ३०/३० रुपैयाँले अन्तःशुल्क बढाएर २ सय २८ रुपैयाँ पुर्याएको छ । यसअघि प्रतिलिटर वियर तथा ह्विस्कीमा १ सय ९८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको थियो ।
४८.५ प्रतिशतसम्म अल्कोहल भएको ह्विस्की तथा भोड्कालगायत मदिराको अन्तःशुल्क बढाएर १ हजार ७ सय ५० रुपैयाँ पुर्याएको छ । हिजोसम्म प्रतिलिटर यस्ता मादक पदार्थमा १ हजार ५ सय ९२ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको थियो ।
४२.८ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा लाग्दै आएको १ हजार १ सय ८८ रुपैयाँ अन्तःशुल्क बढेर १ हजार ३ सय ६ रुपैयाँ पुगेको छ भने ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा अन्तःशुल्क १ हजार १ सय ५ रुपैयाँबाट अन्तःशुल्क बढेर १ हजार २ सय १५ रुपैयाँ पुगेको छ ।
३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ अन्तःशुल्क बढेर ६ सय १० रुपैयाँ र २८.५३ प्रतिशतसम्मको हल्कोहलमा ४ सय ५० रुपैयाँ बढेर ४ सय ७२ रुपैयाँ कायम भएको आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
कपालमा लगाउने तेलको अन्तः शुल्क २०० प्रतिशतले बढ्यो
त्यसरी नै सरकारले आंशिक वा पूर्ण रुपमा डाँढबाट छुट्याइएको वा ननिकालिएको सुर्ती र सुर्तीको अवशेष यसअघि प्रतिकेजी ११८ रहेकामा १३० रूपैयाँ अन्तःशुल्क कायमा गरेको छ । सुर्तीको सिगार, चुरोट र सानो सिगार प्रतिखिल्ली २१ बाट ३० रूपैयाँ
पर्फ्युम ७ रूपैयाँबाट १५, लिपिस्टिक, नेलपोलिस, क्रिम, लोसन, स्याम्पु ५ रुपैयँबाट १५ रूपैयाँ, मेहन्दी र कपालमा लगाउने तेल १० बाट १५ रूपैयाँ अन्तःशुल्क कायम गरिएको छ ।