तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना

काठमाडौं । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।

धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । विमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो ।

दुर्घटनामा पर्नेमा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स