सरकारले पेट्रोलियम पदार्थको कर घटाउने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ।

जेठ १० गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।

सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क उठाउँदै आएको छ ।

सरकारले कर हटाएपछि अब पेट्रोलको मूल्य पनि सस्तिने भएको छ ।

केही दिन अघि मात्रै नेपाल आयाल निगमले पेट्रोलको भाउ १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १६३ रुपैयाँ पुर्याएको थियो ।

खाना पकाउने ग्याँसमा एकैपटक प्रति सिलिण्डर २ सय रुपैयाँ मूल्य बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स