काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत ‘आईजे ग्लोबल’ पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सकुसिभ लिग (Exclusive league) तालिकामा सुचीकृत भएको छ । आईजे ग्लोबल यूरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो र यसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ ।
आईजे ग्लोबल टीयोग्स्ले ३२ हजार भन्दा बढी कारोबारहरू २६ हजार परियोजनाहरू र २१ सय कोषहरू समावेश गर्दछ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन जी–सीब (Global Systemically Important Banks ) शीर्ष २० औं मा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङसेवा गर्दै आएको छ ।
नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५०% माग पुर्ती गर्दै आएको छ। जलविद्युत क्षेत्रमा १८ सय मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्त्वपूर्ण हिस्सा पनि हो ।