काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भइसकेको छ । स्थानीय भूलोगमा हुर्के बढेका राजनीतिक विरासतबाट माथि उठेकी कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै मधेसी मूलका साहले महानगरमा लोकप्रियता कमाएका छन् । एकातिर युवा पुस्तामा छाएका बालेनलाई काठमाडौं बासीले मत दिएर चेन तोडेका छन् भने अर्कोतिर एउटा नयाँ पुस्ताको उद्य भएको छ ।
यस्तो छ बालेनको यात्रा :
बाल्यकाल
डाक्टरी पेशा गर्ने राम नारायण शाह र आमादुर्गा देवी शाहबाट जन्मिएका बालेन्द्र शाहको जीवन औशतभन्दा सुख सयलमा बित्यो । ३ कक्षासम्म स्कुल जान नमान्ने बालेन शाहको शिक्षाको आरम्भ आफ्नै आमाबाट भयो ।
नामः बालेन्द्र शाह
जन्मस्थानः काठमाडौं गैरी गाउँ, तिनकुने
जन्ममितिः २०४७ वैशाख १४
पिताः राम नारायण शाह
आमाः दुर्गादेवी शाह
श्रीमतीः सबिना काफ्ले
शिक्षाः स्नातकोत्तर
र्याप गायक, सामाजिक सेवा अभियन्ता, इन्जिनियर
पढाईमा त्यत्ती ध्यान नदिए पनि कविता भने कोर्न रुचाउने बालेन शिक्षित परिवारमा जन्मिएर होला घरमा उनको पढाई प्रति सबैले चिन्ता गर्थे । उनीे १६-१७ बर्षको हुदाँ हाम्रो समाज बर्गिकृत थियो । धनी र गरीबलाई दुई खालको ब्यवहार गरिन्छ, शिक्षित र अशिक्षितलाई पनि छुट्टै ब्यवहार गरिन्छ भन्ने कुरा बोध हुँदै गयो । पढ्नु अति नै आवश्यक छ भनेर बुझ्न थाले र १० कक्षासम्म आउँदा उनको पढाई राम्रो हुँदै गइरहेको थियो । उनले एस.एल.सि एलाएन्स स्कुलबाट पुरा गरेका थिए । कक्षा ११ र १२ को अध्ययन भिएस निकेतनबाट गरेका बालेनलाई संगीतमा इच्छा भएपनि, कुन क्षेत्र र कस्तो भनेर प्रष्ट भएका थिएनन् ।
पढाइमा त्यत्ति ध्यान नदिए पनि कविता कोर्न रुचाउने बालेन शिक्षित परिवारमा जन्मिएर होला घरमा उनको पढाइ प्रति सबैले चिन्ता गर्थे । उनीे १६–१७ वर्षको हुँदा हाम्रो समाज वर्गीकृत थियो । धनी र गरीबलाई दुई खालको व्यवहार गरिन्छ, शिक्षित र अशिक्षितलाई पनि छुट्टै व्यवहार गरिन्छ भन्ने कुरा बोध हुँदै गयो । पढ्नु अति नै आवश्यक छ भनेर बुझ्न थाले र १० कक्षासम्म आउँदा उनको पढाइ राम्रो हुँदै गइरहेको थियो । उनले एस.एल.सी एलाएन्स स्कूलबाट पुरा गरेका थिए । कक्षा ११ र १२ को अध्ययन भिएस निकेतनबाट गरेका बालेनको संंगीतमा पनि उत्तिकै रुची र लगाव रहेको पाइन्छ ।
र्यापमा बालेन साह
सानै उमेरदेखि नै कविता लेख्दै आएका बालेन शब्दसँग खेल्न निकै सिपालु छन् । सामान्यभन्दा सामान्य हिज्जे पनि मिलाउन कठिन मान्ने बालेनलाई ८/९ कक्षासम्म अंग्रेजीमा १२ महिनाको नाम पनि कण्ठ थिएन । निकै ऊर्जाशील बालेनको कल्पना र भावनाका कुराले भने सबैको मन छुने गथ्र्यो । उनीे जुनसुकै काम गर्दा दत्तचित्त भएर काम गर्छन र त्यो कामलाई फत्ते नपारेसम्म चयनमा बस्न सक्दैनन् ।
मिठो र सुरिलो स्वर नभएकले र्यापमा रमाएका बालेनले रचना (कृर्ति) भने हरेक विधामा छन् । यम बुद्धसँग संगत भएपछि उनी नेपाली र्यापमा क्षेत्रका प्रवेश गरेका हुन् । त्यति बेला लाहुरे र यूनिक पोयटबीच घमासान र्यापमा ब्याटलले नेपाली दर्शकमा ऊर्जा थपेको थियो । त्यति नै बेला बालेनले पनि लिटल ग्रिजलसँग ब्याटल गरेर जिते । अनि त्यसपछि उनको र्यापमा उदय भयो । उनको यो एकमात्र ¥याप ब्याटल हो ।
बालेनका कृर्ति
ओए बूढा, नेपाल हाँसेको, तिमी फूल, मार्फाको मदिरा, आम नेपाली बुबा, बलिदान, मन यो उड्यो, तथ्य, जय महाकाली र स्टे टु ।
चुनावी मैदानमा पहिलो पल्ट प्रवेश गरेका बालेन्द्र साहले ५ वर्ष अघि स्थानीय चुनाव हुँदा नै उम्मेदवार बन्ने सोच बनाएका थिए । त्यतिनै बेला उनी इन्जिनियरिङ मास्टरको थेसिस पनि लेख्दै थिए । उनले विभिन्न पालिकाहरूमा जाँदा सफलता र असफलताको कथा सुन्न र देख्न पाए, काम गर्ने तौर तरिका देखे । वैकल्पिक शक्ति बनेर आइरहेको पार्टीहरु पनि देखे । पहिलो स्थानीय निर्वाचनमा परिस्थिति अलि उपयुक्त नलागेर उम्मेदवारी नदिएका बालेन उम्मेदवारी फष्ट टाईम नभएर नेक्ट टाईम हो भनेर भन्न रुचाउँछन् ।
मेयर भएपछि के–के गर्न सकिन्छ
उनी व्यवस्थापनमा समस्या देख्छन् । यहाँ भएका बाटाघाटाहरू समयमा मर्मत नभएर बजेट सकाउनेमात्र काम हुँदा भित्रैदेखि मन पोलेर आउने उनी बताउँछन् । बजेट सकाउनको लागि काम नगरेर साँच्चिकै विकासको लागि काम हुनु पर्नेमा उनको मन पोलेको छ ।
महानगरमा गर्न सकिने काम धेरै छन् । सवारी साधनको चाप रोक्नलाई कति ठाउँको पुलहरुलाई एकतर्फी मात्र बनाउँन सकिन्छ । कार्यालय समयहरू एकै समयमा नगरेर स्कूल कलेज, एनजीओ, आइएनजीओ, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विदेशी नियोग, अन्य सार्वजनिक संस्थाहरुका लागि छुट्टा–छुट्टै समयमा निर्धारण गर्न सकिन्छ ।
नगर प्रहरीको संख्या बढाउन आवश्यक छ । साथसाथै सुरक्षाको लागि १० हजार सि.सी क्यामाराको आवाश्यकता छ । स्रोतसाधनको अभावमा विकास नभएको होइन । काठमाडौं महानगरपालिकासँग २०–२२ अर्बको बजेट छ । जसमा जम्मा ३ अर्ब साढे ३ अर्बमात्र खर्च भएको देखिन्छ । जसले स्रोत साधनको अभावले विकास नभएको पुष्टी गर्दैन ।
स्वतन्त्रले नै किन जित्नु पर्छ ?
कुनै मानिसले राजनीतिक पार्टीको टिकट लिएको छ भने ऊ सधै पार्टी अथवा पार्टी चलाउने व्यक्तिको इच्छामा चल्न बाध्य हुन्छ । आफ्नो कार्य क्षेत्रभित्रको काम छोडेर आफूलाई चुनावमा सहयोग गर्ने पार्टी वा पार्टी कार्यकर्ताको काममा समय बिताउनु पर्ने हुन्छ । स्वतन्त्रलाई यस्ता कुनै कुराको दबाब हुँदैन । यसले गर्दा स्वतन्त्र उम्मेदवारले निष्पक्ष भएर काम गर्न पाउँछन् । स्वतन्त्र मेयरलाई काम गर्न राजनीतिक पार्टीका स्वार्थ समूहले अप्ठ्यारो पार्दैन ?
मेयर आफैमा स्थानीय सरकारको प्रधानमन्त्री जस्तै हो । आफूसँग भएको स्रोतसाधन र बजेटको प्रयोग गर्न कसैकोे अनुमति लिनु पर्ने आवश्यकता पर्दैन । कर्मचारीतन्त्र भनेको कर्मलाई सजिलो पार्न बसेको हो । सम्पूर्ण अधिकार मेयरमा निहित हुन्छ ।