कामपामा २ वडाको मतगणना अन्तिम चरणमा, प्रमुखमा बालेन र उपप्रमुखमा डंगोलको जित पक्का

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।

३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ५९ हजार १४९ मतका साथ अग्र स्थानमा छन् । दुई वडाको मतगणना बाँकी रहँदा बालेनको जीत लगभग पक्का भइसकेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डंगोलको जीत हुने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स