काठमाडौं । बीमा समितिले बीमितहरूको सुविधालाई ध्यानमा राखेर कम्पनीले चाहेमा आइतबार बीमा कम्पनी खुलाउन सक्ने बताएको छ । समितिका अनुसार सरकारले जेठ एक गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले समितिको स्वीकृति लिएर खोल्न सक्ने व्यवस्था गरेको हो ।
आईतबार पनि बीमा कम्पनीहरु संचालन भएमा उनीहरुलाई सेवा दिनका लागि बैंकले कार्यालय संचालन गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए ।
सबै बीमा कम्पनीहरू आइतबार बिदा नहुन पनि सक्ने बताउँदै उनले भने कम्तीमा २५ प्रतिशत बीमा कम्पनी खुलेमा बैंकहरूले सेवा दिनेछन् । हाल राष्ट्र बैंकको इजाजत लिएर केहि बैंकहरुले आफनो शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आएको छ ।
Corona bima bhuktani dina na saknee lay hafta ma 8 din kholay pane k bho ra thag bima company