काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं नागार्जुन नगरपालिका–१० स्यूचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ ।