कामपामा ५ वटा वडाको मत गणना बाँकी, साह र सिंहको मतअन्तर २० हजार माथि

काठमाडौं । काठमाडौं महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।

यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।

त्यसैगरी कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७७७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेका छन् । जसअनुसार सिंह साहभन्दा २० हजार ४०६ मतले पछि परेकी छिन् ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डंगोलले ५३ हजार ६४२ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १७ हजार ७६५ मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स