काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गरेको हो ।
आज घोषणा गरिएको नीति तथा कार्यक्रमलाई लागू गर्ने कार्य योजना आगामी जेठ १५ गते बजेटसहित सार्वजनिक गरी संसदबाट पारित भएपछि आगामी साउन १ गतेदेखि लागू हुने संवैधानिक व्यवस्था छ ।