प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल÷प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा दुई वटा शिक्षण अस्पताल तथा प्रतिष्ठान खोल्ने नीति लिएको बताएका छन् ।

यस्तै नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने उल्लेख छ । यस्तै चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उल्लेख गरिएको छ ।

दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइने छ । यस्तै दुर्गम जिल्लामा स्वास्थ्य सेवा पु¥याउनका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति भण्डारीले सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए ।

यस्तै आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स