काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार १६३ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३२ हजार ०५९ मत प्राप्त गरेकी छिन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ११६ मत ल्याएका छन् । जसअनुसार स्थापित सिंहभन्दा ९४३ मतले पछि परेका छन् ।
त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत पाएका छन् ।