काठमाडौं । काठमाडौं महानगरपालिकामा अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ । कुल खसेको मतमध्ये ८०.२४ प्रतिशत मतगणना भइसकेको छ ।
महानगरमा कुल १ लाख ९१ हजार ५१ मत खसेकोमा हालसम्म १ लाख ५३ हजार ३०० मतगणना भइसकेको छ ।
जसमा प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गरि आफ्नो अग्रता कायम राख्न सफल भएका छन्।
त्यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार ७३१ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन् ।