मकवानपुरमा ४२२ किलो गाँजा बरामद

वाग्मती । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका-३ बायोखोलास्थित डाँडाबास-पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना६ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स