काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
उनलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा पाँच दिनको म्याद दिएको हो ।
सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका पाण्डेलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
उनले आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगितापछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ ।
पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पीडितले आफ्नो भिडियोमा बताएकी थिइन् ।