भरतपुरको मतगणना आज रातिसम्ममा सम्पन्न हुने, कसले मार्ला बाजी, यस्तो छ पछिल्लो नतिजा

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार ३१४ मत अन्तरले अग्रता लिएकी छिन् ।

उनले ४४ हजार ७१० मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ३९६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ६१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ८४० मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार १८१ मत प्राप्त गरेका छन् । महानगरमा हालसम्म १ लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स