बालेन साह मेयर पदमा विजयी भए ह्वाइट फेदर्स ज्वेलरीले गहनामा आर्कषक छुट दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन साह विजय भए गहना किन्दा छुट पाइने भएको छ । स्थानीय तहको चुनावको नतिजालाई लक्षित गर्दै ह्वाइट फेदर्स ज्वेलरीले गहनामा छुट दिने भएको हो ।

यदि मेयर पदमा साह विजयी भए सुनको गहनामा ज्याला नि:शुल्क ,चाँदीको गहनामा ३०% र हिराको गहनामा ४०% छुट दिने ज्वेलरीले घोषणा गरेको हो ।

ज्वेलरीका संस्थापक स्किनर रसाइलीले बालेनले जितेमा आफ्नो पसलमा आउने जोकोही ग्राहकले उक्त छुट पाउने बताएका छन् ।

काठमाडौंको न्युरोड खिच्चापोखरी मेघा बैंकको अगाडी रहेको ह्वाइट फेदर्स ज्वेलरी करिब ५ वर्ष देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स