फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कतिले बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।

जसअनुसार, पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ,मट्टीतेल र डिजलको १६३ रुपैयाँ ,खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढेर प्रति सिलिण्डर ग्याँसको मूल्य १८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्य १० रुपैयाँले बढेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स