धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।

राई २० हजार ८२१ मतसहित निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।

किशोरले १६ हजार ५९ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएकी छिन् ।

त्यस्तै, उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले २० हजार ५१० मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स