१० महिनामा २ खर्ब ३० अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात, अन्य कुन कुन वस्तु परे उच्च आयात/निर्यातमा ?

बैशाखमा २० अर्बले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्म १० महिनामा २ खर्ब ३० अर्ब ५४ करोडको पेट्रोलमात्रै भित्रिएको छ । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म १ खर्ब २३ अर्ब ७० करोड रुपैयाँको डिजेल नेपाल भित्रिएको छ भने ५४ अर्ब ८३ करोड रुपैयाँ पेट्रोल भित्रिएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार यो अवधिमा ५२ अर्ब १ करोड रुपैयाँको एमपी ग्याँस भित्रिएको छ ।

यद्यपि डिजेल, पेट्रोल, एलपी ग्याँस, कच्चा पाम तेल, खोप, शुद्ध फलाम, सुन, भट्टमासको तेलको भने आयात बढेको छ । समीक्षा अवधिमा भटमासको कच्चा तेल ४९ अर्ब ४१ करोड रुपैयाँको आयात भएको छ भने एमएस बिलेट ४३ अर्ब ५८ करोड रुपैयाँ आयात भएको छ । ३६ अर्ब ९४ करोड रुपैयाँ मोबाइल, ३५ अर्ब ७७ करोड रुपैयाँ टेलिफोन सुन, ३४ अर्ब ७४ करोड कच्चा पाम तेल, ३२ अर्ब ३८ करोड एचआर सीट र ३२ अर्ब ६ करोड विभिन्न भ्याक्सिन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

कुन कुन वस्तुको घट्यो आयात
सरकारले विदेशी विनिमय सञ्चिति घटेपछि केहि वस्तुहरूको आयातामा रोक लगाएको थियो । पछिल्लो महिना सरकारले केहि वस्तुको आयातमा रोक लगाएपछि मोटरसाइकल, एमएस बिलेट, गहुँ, चिनी, डीएपी मल, सिमेन्ट क्लिङ्क२र, स्वास्थ्य उपकरण, हातहतियार र धानको आयात समेत केही घटेको छ ।

२०७८ चैतमा १ खर्ब ५७ अर्ब बराबरको वस्तु आयात भएकोमा बैशाखमा घटेर १ खर्ब ३७ अर्बमा सीमित भएको छ । विभागको तथ्यांक अनुसार चैत २०७८ को तुलनामा वैशाख २०७९ को एक महिनामा २० अर्ब रुपैयाँ कमको मात्र वस्तु आयात भएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को १० महिना (०७८ साउनदेखि ०७९ वैशाख) सम्म कुल वस्तु आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.९५ प्रतिशत धेरै हो । गत आर्थिक वर्ष २०७७÷७८ मा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

१० महिनामा पौन २ खर्बको निर्यात
चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा भने १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भइको थियो । नेपालबाट हुने निर्यात ५९.८ प्रतिशत रहे पनि अत्यधिक आयात हुने भएका कारण ब्यापार घाटा सन्तुलनका लागि यसले ठूलो भूमिका खेल्न सकेको छैन ।

राजस्व  पनि बढ्यो

कुल वैदेशिक व्यापारमा भएको वृद्धिले चालु आर्थिक वर्षको १० औं महिनामा राज्यले उठाउने राजस्व पनि बढेको छ । यस अवधिमा कुल ४ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा भन्सार राजस्व ३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स