बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

काठमाडौं । बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।

सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका पाण्डेलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनले आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगितापछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ ।

पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पीडितले आफ्नो भिडियोमा बताएकी थिइन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स