काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार ५८३ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले ३४ हजार १३० मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १८ हजार ५४७ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ४२९ मत प्राप्त गरेकी छिन् ।