भरतपुरमा ७३ हजार ७८७ मत गणना हुँदा, दाहालले फराकिलो मतअन्तरले पछि पार्दे सुवेदीलाई

चितवन । भरतपुर महानगरपालिकामा कुल ७३ हजार ७८७ मत गणना भएको छ । उक्त मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ५ हजार ५१८ मतले अग्र स्थानमा रहेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २३ हजार ९० मत प्राप्त गर्दा दाहालले २८ हजार ६०८ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १७ हजार ९२० मत प्राप्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स