भरतपुरमा ५९ हजार ६१६ मत गणना हुँदा, कति ल्याए दाहाल र सुवेदीले ?

चितवन । भरतपुर महानगरपालिकामा कुल ५९ हजार ६१६ मत गणना भएको छ । उक्त मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३२२ मतले अग्र स्थानमा रहेकि छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १९ हजार ३४७ मत प्राप्त गर्दा दाहालले २२ हजार ५६९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३६३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४१ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १५ हजार २७२ मत प्राप्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स