काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार १८५ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २७ हजार ९६७ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १४ हजार ७८२ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकि छिन् ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डंगोलले २६ हजार ५७५ मतका साथ आफ्नो अग्रता कायम राखेकि छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।