रुखको हाँगा खसेर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु

काठमाडौं । बुधबार साँझ चलेको हावाहुरीले रुखको हाँगा खसेर लाग्दा राष्ट्रिय अनुसन्धान विभागको कार्यालयका कर्मचारीको मृत्यु भएको छ ।

उक्त रुखको हाँगा भाँचिएर लाग्दा विभागको सूचक पदमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।

रुखको हाँगाले लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स