ललितपुर महानगरमा ९ वडाको गणना सकियो

काठमाडौं । ललितपुर महानगरपालिकमा हालसम्म ९ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी भएका छन् ।

वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भउका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भउका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ ।

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन् । रविनले ८२५ मत पाएको छ भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाएका छन् ।

महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स