काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३ वटा कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । बोर्डमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मायाखोला हाइड्रोपावर कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता सेयर निष्काशनका लागि बोर्डमा अनुमति माग गरेको हो । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सेयर निष्काशनका लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा छनोट गरेको छ ।
त्यस्तै, मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३४ करोड बराबरको ३४ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा छनोट गरेको छ ।
त्यसैगरि, मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २२ करोड ८० बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा छनोट गरेको छ ।