चितवन । भरतपुर महानगरपालिकाको पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले मतअन्तर बढाउँदै अघि बढि रहेकी छिन् ।
३९ हजार ९६१ मत गणना गर्दा दाहालले १५ हजार १६२ मत पाएकी छिन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । हाल सुवेदी दाहाल भन्दा करिब ३ हजार ३६ मतअन्तरले पछि परेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले भने ९ हजार ७३२ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।