भरतपुरमा दाहालले मतअन्तर बढाउँदै, करिब २ हजार मतले पछि परे सुवेदी

चितवन । भरतपुर महानगरपालिकाको पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले मतअन्तर बढाउँदै अघि बढि रहेकी छिन् ।

३० हजार १५० मत गणना गर्दा दाहालले ११,०४७ मत पाएकी छिन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ०५६ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । हाल सुवेदी दाहाल भन्दा करिब २ हजार मतअन्तरले पछि परेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९४२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १३ हजार २०४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले भने ७ हजार ३५० मत पाएकी छन् ।

भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स