कामपामा बालेनको मत १२ हजार माथि, स्थापित र सिंहबीच कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमनै रहेको छ ।

साहले पछिल्लो मत परिणाम अनुसार १२ हजार ९३ मत पाएका छन् ।

त्यस्तै, एमालेका केशव स्थापितले ६ हजार ६६२ मत प्राप्त गरेका छन् । जुन बालेन भन्दा ५ हजार ४३१ मतले कम हो ।

त्यस्तै, कांग्रेसका सिर्जना सिंहले ५ हजार ८४३ मत प्राप्त गरेका छन् ।

यतिबेला साह आरामसँग अगाडि बढिरहेका छन् भने स्थापित र सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स