काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
भोलि (बुधबार) देखि लागुहुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातकोे भाडा बढाएको हो ।
विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।
यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ ।
यस्तो छ मूल्य सूचीः
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/bhada.pdf” cache=”off”]