भरतपुर अपडेट : मतअन्तर बढाउँदै दाहाल, २४६ मतले पछि परे सुवेदी

चितवन । भरतपुर महानगरपालिकाको पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले मतअन्तर बढाउँदै अघि बढि रहेकी छिन् ।

दाहालले ६ हजार ६७८ मतका साथ अग्रता लिएको हो ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ४५२ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । हाल सुवेदी २४६ मतअन्तरले पछि परेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० र राप्रपाका हिमला गुरुङले ५ हजार ३०६ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स