कामपामा बालेन र डंगोलको अग्रता कायमै, कति छ मतअन्तर ?

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले आज बिहानसम्म फराकिलो मतले अग्रता कायम गरिरहेका छन् ।

आज बिहानसम्म साहले १० हजार २४१ मत पाएका छन् । त्यस्तै, एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् । जुन बालेन भन्दा ४ हजार ७७८ मतले कम हो । त्यस्तै, कांग्रेसका सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।

हाल वडा नम्बर ३,४,५,६, ३१ र ३२ वडाको मतगणना चलिरहेको छ । यस्तै वडा नम्बर १ र २ को मतगणना सकिसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स