कामपामा बालेन साहले ६ हजार ८९३ मत ल्याउँदा, स्थापित र सिंहले कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार ८९३ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका केशव स्थापितले ३ हजार ६४४, कांग्रेसका सिर्जना सिंहले ३ हजार २०८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन्। डंगोलले ६ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ १ हजार ६९० र राप्रपाका बिनिता मगैयाले १ हजार ३१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स