भरतपुरमा दाहाललाई ५० मतले पछि पारे सुवेदीले,यस्तो छ पछिल्लो मतपरिणाम

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने गठबन्धनबाट प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८९४ मत पाएकी छन् । जसअनुसार दाहाल ५० भोटले पछाडि परेकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४७६ मत पाएको छ ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स