दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत मेयरमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका मोहन बस्नेत दक्षिणकाली नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

बस्नेतले ७ हजार २०१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई ५ हजार १९२ मत प्राप्त गरेका छन् । बस्नेतले २ हजार ९ मत अन्तरले आचार्यलाई पराजित गरेका हुन् ।

त्यस्तै, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स