मतगणना अपडेट : बालेन साह करिब २ हजार मतले अगाडि, स्थापित र सिंहको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह करिब २ हजार मतान्तरसहित अगाडि रहेका छन् ।

स्वतन्त्र उम्मेदवार साहले ४ हजार १३९ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले २ हजार १४८ मत पाएका छन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ९३४ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डंगोलले ३ हजार ५९१ मत, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १ हजार २७ मत प्राप्त गरेका छन् । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स