मनाङ र मुस्ताङमा मतगणना सम्पन्न, यस्तो आयो नतिजा

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मनाङ र मुस्ताङमा मतगणना सम्पन्न भएको छ । हिमाली जिल्ला मनाङमा ४ र मुस्ताङमा ५ वटा गाउँपालिका छन् । मनाङमा ४ गाउँपालिकामध्ये २ वटा नेकपा एमाले र २ वटामा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् । मुस्ताङको ५ गाउँपालिकामध्ये ४ वटा एमाले र एउटा कांग्रेसले जितेको छ ।

मनाङको परिणाम 

नेपाली कांग्रेसले मनाङको नार्पाभूमि र नासोँमा गाँउपालिकामा विजय हासिल गरेको हो । कांग्रेसका कोन्जो तेन्जीङ लामा गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई पराजय गराएका हुन् । उक्त गाउँपालिकामा २०७४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसकै मिङमा छिरिङ लामा विजयी भएका थिए ।

मनाङको अर्को गाउँपालिका नासोँमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। उनले एमालेका मनबहादुर गुरुङलाई हराएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसका चन्द्र घले गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

नेकपा एमालेले मनाङको मनाङ ङिस्याङ र चामे गाउँपालिकामा विजय हासिल गरेको हो । मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका छिरिङ ओङमा गुरुलाई हराएका हुन् । २०७४ सालमा पनि एमालेका मिङमार गुरुङ गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

त्यस्तै एमालेले मनाङको चामे गाउँपालिकामा पनि जित हात पारेको छ । एमालेका लोकेन्द्रबहादुर घले अध्यक्ष पदमा विजयी भएका हुन्। उनले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराएका हुन्। २०७४ मा पनि घलेले गाउँपालिका अध्यक्ष जितेका थिए।

मुस्ताङमा परिणाम
मुस्ताङको घरपझोङ गाउँपालिकामा मात्र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहनसिंह लालचन अध्यक्ष पदमा विजयी भएका हुन्। उनले एमालेका सञ्जयकुमार थकालीलाई हराएका हुन् । अघिल्लोपटक एमालेका आसबहादुर थकालीले गाउँपालिका अध्यक्ष पदमा जित हात पारेका थिए।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङ विजयी भएका छन् । उनले कांग्रेसका आङजेन गुरुङलाई हराएका हुन् । २०७४ सालमा वारागुङ मुक्तिक्षेत्रमा नेकपा एमालेकै रमेश गुरुङ विजयी भएका थिए।
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । उनले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन् । विष्ट २०७४ सालमा स्वतन्त्र उठेका थिए । उनले त्यति बेला कांग्रेसका उम्मेदवारलाई हराएका थिए ।

मुस्ताङको पाँच वटा गाउँपालिकाको पनि सम्पूर्ण नतिजा आएको छ । ५ पालिकामध्ये एमालेले ४ वटा स्थानीय तह जितेको छ भने कांग्रेसले एक स्थानमा जित हात पारको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि यसपटक नेकपा एमालेका टसी न्वर्वु गुरूङ विजयी भएका छन् । उनले कांग्रेसका टसी गुरुङलाई पराजित गरेका हुन्। २०७४ मा लोमान्थाङमा कांग्रेसका ।

मुस्ताङको थसाङ गाउँपालिकामा पनि नेकपा एमालेका प्रदीप गौचन अध्यक्ष पदमा विजयी भएका छन् । उनले कांग्रेसका बालकुमारी शेरचनलाई पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बुद्धिप्रसाद भट्टचनले गाउँपालिका अध्यक्ष जितेका थिए।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स