स्थगन भएको मतदान केन्द्रमा तीन दिन लगातार मतदान हुने

काठमाडौं । राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मतदान केन्द्रमध्ये १४ मतदान केन्द्रको पुनः मतदान हुने मिति तोकिएको छ । निर्वाचन आयोगले उक्त स्थानमा निर्वाचनको मिति तोकिएको हो । आयोगले भोलि आइतबार, पर्सी सोमबार र मंगलबार निर्वाचनको मिति तोकेको हो ।

पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिको बारेमा जानकारी गराएको छ । निर्वाचन आयोगका अनुसार स्थगित भएका सबै मतदान केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको ‘क’ र ‘ख’ मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, पचाल झरना, बझाङको जयपृथ्वी नगरपालिका नगरपालिका–७ सुनिपिपलचौर मावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन आइतबार हुँदैछ ।

आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि ‘क’, ‘ख’, ‘ग’ मा सोमबार निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा सोमबार निर्वाचन हुँदैछ । कांग्रेस र माओवादी केन्द्रको कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

कञ्चनपुरको पुनर्वास विजय माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको केदारस्यू गाउपालिका ४ जगनाथ माविको ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको सुर्मा गाउँपालिका ७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा ८ को आधाबगर माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन सोमबारलाई तय भएको आयोगले जनाएको छ । आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स