स्थानीय तह निर्वाचन मतपरिणामः कुन पार्टी कुन कुन स्थानमा ?

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएपछि अहिले देशभर विभिन्न स्थानमा मतगणना कार्य सुरु भएको छ । अहिलेसम्मको मत परिणाम हेर्दा नगर प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसले विभिन्न ९ स्थानमा विजय हासिल गरिसेकेको छ भने २४८ स्थानमा अग्रस्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रमुख तथा अध्यक्षमा ६ स्थानमा विजय हासिल गरेको छ भने १६३ स्थानमा अग्रस्थानमा रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजय भएको छ भने ११ स्थानमा अग्रस्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) ले एक स्थानमा विजय हासिल गरेको छ भने ९८ स्थानमा अग्रस्थानमा रहेको छ । अन्य पार्टी भने ५१ स्थामा अग्रता हासिल गरेका छन् ।

त्यसरी नै उपप्रमुख तथा उपाध्यक्षम नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ५ स्थानमा विजय हासिल गरेको छ र १८२ स्थानमा अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले ४ स्थानमा विजय हासिल गरेको छ र १९३ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २ स्थानमा विजय हासिल गरेर १२४ स्थानमा अग्रता हासिल गरेको छ । उपप्रमुख तथा उपाध्यषमा एकीकृत समाजवादीले १ स्थानमा विजय हासिल गरेर १४ स्थानमा अग्रता पाएको छ । अन्मा १ स्थानमा विजय हासिल भएको छ भने ४२ सथानमा अग्रता पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स