काठमाडौंको मतपरिणाम: वालेन्द्र साहले कति ल्याउलान् मत ? यस्तो छ आकलन

काठमााडौं । काठमाडौं महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अग्र स्थानमा रहेका छन् । युवाहरुले अत्यधिक रुचाएका स्वतन्त्रबाट मेयरका उम्मेदवार वालेन्द्र साहको मतपरिमाणलाई अनेकौ अडकल बाजी गर्न थालिएको छ ।

अहिले काठमाडौं महानगर–१, २, ३ र ३२ वडाको मतगणना कार्य सुरु भएको छ । काठमाडौं महानगरमा कुल ३ लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । मेयरको विजय हासिल गर्न कम्तीमा पनि ७० देखि ८० हजार मत ल्याउनु पर्ने हुन्छ । राजनीतिमा भिजेकाहरुकोअनुसार वालेन्द्र साहले ल्याउने मत भनेको बढीमा २० हजारमात्रै हो ।

उनलाई महानगरबासीले अत्यधिक माया गरेर भोट खसाले भने पनि उनले ल्याउने भने २५ हजारसम्म भोट हो । वालेन्द्र साह आफैले भने चुनावी बेलामा ९० हजार भोट ल्याउने बताएका थिए । अहिले अग्रस्थानमा आउदै गर्दा आफूले एक लाख भोट क्रस गर्ने बताएका छन् ।

यदि उनीसँग राजनीतिक धरातलको कुनै आधार भएको भए उनलाई सबैले पत्याउथे । युवाले मात्रै रुचाएर काठमाडौंजस्तो कोर सिटीमा काम गर्न त्यति सजिल्लो छैन । यहिको माटोमा जन्मे हुर्केकालाई काठमाडौंको कारे बस्तीमा भिज्न सहज छैन । साहलाई अझ सहज छैन । किनकी उनले देखेका सपना पुरा गर्न ठूलै मस्का लगाउनु पर्ने हुन्छ । काठमाडौंको भित्री कोर बस्तीमा नेवारी सम्प्रदाय वाहेक अरुलाई त्यति सजह हुँदैन र त्यति सहज पनि छैन । काठमाडौं महानगरपालिका ३२ वडा रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कुल १ हजार १८० मत गणना गर्दा साहले ४०२ मत प्राप्त गरेका हन । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढदै गएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । स्थापित साहभन्दा ८३ मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छिन् । उनी साहभन्दा २०० मतले पछाडि छिन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा डंगोलको अग्रता

महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छिन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स